May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

भक्तपुरकी कोरोना सङ्क्रमित चार वर्षीया बालिकालाई अस्पताल लगियाे

भक्तपुरकी कोरोना सङ्क्रमित चार वर्षीया बालिकालाई अस्पताल लगियाे

१४ असार, काठमाडौं । 

मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीकी चार वर्षीया बालिकालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि शिक्षण अस्पताल लगिएकाे छ ।

बालिकाको पीसीआर रिपोर्ट शनिबार पोजिटिभ आएपछि उपचारका लागि पाटन अस्पताल  पठाइएको तर त्यहाँ ठाउँ अभावका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको हो ।

बालिकामा काेराेना पुष्टि भएसँगै बालिकाको ६ जना परिवारलाई घरमै क्वरेण्टीनमा राखिएको छ ।

सङ्क्रमित बालिकालाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने पुष्टि नभएकाे मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताएका छन् ।