May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

भारतमा एकैदिन २० हजार बढी संक्रमित फेला

भारतमा एकैदिन २० हजार बढी संक्रमित फेला

१४ असार, काठमाडौं । 

एसियाकै महामारी केन्द्र बनिरहेकाे भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का २० हजार १३१ जना कोरोना सङ्क्रमित भेटिएका छन् । यो सँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या ५ लाख २९ हजार ५५७  पुगेकाे छ । कोरोनाका कारण हालसम्म भारतमा १६ हजार १०३ जनाभन्दा बढीको ज्यान गएको छ ।

एक अध्ययनले दिल्लीमा कोरोना समुदायमा फैलिसकेको र यसलाई बेलैमा गम्भीरतासँग नलिए ठुलो दुर्घटना हुने सक्ने बताएको थियो । 

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरुले बताएका छन् ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका तीन लाख नौ हजार ७१३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।