May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

सुनको मूल्य हालसम्मकै उच्च,एकै दिन सात सयले बढ्यो

सुनको मूल्य हालसम्मकै उच्च,एकै दिन सात सयले बढ्यो

१४ असार, काठमाडौं । 

नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेर प्रतितोला ९४५ रूपैयाँ पुगेको छ ।