May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

काठमाडौं उपत्यकामा पनि ‘सलह’ प्रवेश

काठमाडौं उपत्यकामा पनि ‘सलह’ प्रवेश

१४ असार, काठमाडौं । 

शनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह पूर्वी चितवन हुँदै काठमाडौं उपत्यकामा पनि आइपुगेको छ । आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका छन् । 

यसैबिच, मनसुनको बेला भएकाले पानी परिरहेकोले विज्ञहरूले किसानलाई नआत्तिन सुझाएका छन् ।

सलह एकै ठाउँमा नबस्ने भएकाले यसबाट क्षति हुने सम्भावना निकै कम रहेको, तर सतर्क भने हुनुपर्ने कृषि विज्ञहरुको भनाइ छ । कृषि मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ ।

नेपालमा सलहले पार्न सक्न प्रभाव र राेकथामबारे रणनीति तयार पार्न कृषि मन्त्रालयमा कृषि तथा पशुपक्षी विज्ञहरुको बैठक जारी छ ।