May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र ५८ वर्षदेखि खोसिएकाले फिर्ता ल्याएरै छाडने ओलीको दाबी

लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र ५८ वर्षदेखि खोसिएकाले फिर्ता ल्याएरै छाडने ओलीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र ५८ वर्षदेखि खोसिएकाले फिर्ता ल्याएरै छाडने बताएका छन् । ६९ औं मदन भण्डारी जन्मजयन्तीका सन्दर्भमा प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा आफ्नो मन्तब्य राख्दै यस्तो बताएका हुन् । उनले जमिन खोसिएको छ, फिर्ता ल्याउनुपर्छ भनेर नेपालले कुनै गल्ती नगरेको समेत बताएका छन् । उनले कालापानी, लिम्पियाधुरा क्षेत्र १४६ वर्षसम्म नेपालले उपयोग गरेको र सन् १९६२ देखि उपयोग गर्न नपाएको बताए ।


लडाइँमा हामीले हा¥यौं, हाम्रो सीमा खुम्चियो । १८२६ को मार्चमा अन्तिम हामीले सम्झौतामा दस्तखत ग¥यौं, त्यसको सीमामा हामी खुम्चिएर बस्यौं । तर अव सम्झौतामा भएभन्दा एक इन्च पनि हामी छाडने छैनौं, प्रधानमन्त्री ओलीले भने ।

‘कतिपय पार्टीका नेताहरू उता (लिम्पियाधुरा क्षेत्र, कुटी, नाभी, गुञ्जी) जनसंख्यासँग हाम्रो पहुँच कटेको छ । १९६२ देखि सेना राखेर उता जानै दिएको छैन । त्यहाँका जनतासँग सम्पर्कै दिएको छैन । उताका जनताका लागि केही गर्नै दिएको छैन । नागरिकता कसको छ ? रासनकार्ड कसको छ भन्ने प्रश्न नेपालको नागरिकताधारीहरूले उठाइरहेका छन् ।’ -उनले भने

खल्तीमा नागरिकता नेपाली, तर्क अरूको पक्षबाट गरिरहेको छ भन्दै आश्चर्य पनि व्यक्त गरे । ‘१९६२ बाट सेना राखेपछि कसरी उताका नागरिकसँग हाम्रो पहुँच स्थापित हुन्छ ?’ उनले प्रश्न गरे ।

‘हामीले सन् १९६२ देखि उपयोग गर्न पाएनौं । ५८ वर्षदेखि हाम्रो जमिन खोसिएको छ, त्यो फिर्ता ल्याउन खोज्यौं, अरूको जमिन दाबी, अतिक्रमण हस्तक्षेप गरेको होइन ओलीले भने ।