May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु

क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ। बर्दघाट नगरपालिका–२  दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो। उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए। 

उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। त्यहीँ उपचारका क्रममा ती व्यक्तिको मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए।  ज्ञवालीले मृतकमा कोरोना भाइरस सङ्क्रमण भए नभएको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने जानकारी दिए।  रासस