May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

पछिल्लो २४ घण्टामा ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो

पछिल्लो २४ घण्टामा ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा ४६३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा उक्त संख्यामा नयाँ संक्रमित देखिएको जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

संक्रमण पुष्टि भएकामध्ये १०५ जना महिला र ३ सय ५८ जना पुरुष रहेको छन । देशभर कुल संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ। कोरोना संक्रमणका कारण २८ जनाको ज्यान गइसकेको छ।