May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

उधारो नेपाली ब्यापारीले नतिरेको भन्दै गड्डाचौकी सीमा नाका खोल्न भारतीय ब्यापारीको माग

उधारो नेपाली ब्यापारीले नतिरेको भन्दै गड्डाचौकी सीमा नाका खोल्न भारतीय ब्यापारीको माग

डोटी । कञ्चनपुरको गड्डाचौकी सीमा नाका खोल्न भारतीय व्यापारीहरुले माग गरेका छन् । प्रान्तीय उद्योग व्यापार प्रतिनिधि मण्डल वनवसा (चम्फावत)ले भारतस्थित नेपाली दूतावासलाई ज्ञापनपत्र पठाउँदै मार्च २१ बाट अवरुद्ध नाका सञ्चालन गर्न माग गरेका हुन् ।
पत्रमा नेपालमा लगेको बाँकी उठाउनको लागि नाका खोल्न माग गरिएको छ । महेन्द्रनगर लगायतका क्षेत्रका व्यापारीबाट लिनुपर्ने उधारोे लाखौं रुपैयाँ रहेको उक्त रकम उठाउनको लागि समेत सीमा खोल्नु माग गरेका हुन् ।


सीमानाका गड्डाचौकी कोरोना संक्रमण बढेसँगै बन्द छ । यसको असर भारतीय सीमावर्ती बजारम वनवसामा परेको छ । भारतीय सीमा क्षेत्रमा रहेका व्यापारीहरुको कारोबार करिब ९५ प्रतिशत नेपालमा निर्भर रहेको छ । कारोवारमा हस आएपछि व्यापारीहरुले आफ्नो व्यापार व्यवसाय ठप्प रहेको भन्दै सीमा नाका खोलेर लकडाउन अगाडिको झैं कारोबारको वतावरण बनाउन समेत माग गर्दे दूतावसलाई ज्ञापनपत्र पठाएका छन् ।


प्रान्तीय व्यापार मण्डल वनवसाका तर्फबाट उत्तराखण्ड प्रदेशका मुख्यमन्त्रीमार्फत नयाँ दिल्लीस्थित दूतावासमा ज्ञापन पत्र पठाईएको छ । पत्रमा भारतीय सेनाबाट सेवानिवृत्त सैनिकहरुलाई निवृत्त भत्ता बुझ्नका लागि सीमा नाकामा सहजै आउजाउ गर्न दिइएको तर ब्यापारीलाई भने दिएको प्रति खेद जनाईएको छ ।