May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

सुदूरपश्चिम सरकारले सलह मारेर ल्याउने व्यक्तिलाई प्रति किलो २५ रुपैयाँ दिने

सुदूरपश्चिम सरकारले सलह मारेर ल्याउने व्यक्तिलाई प्रति किलो २५ रुपैयाँ दिने

सुदूरपश्चिम प्रदेश सरकारले सलह किरा मारेर ल्याउने व्यक्तिलाई प्रति किलो २५ रुपैयाँ दरले पैसा दिने निर्णय गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले आइतबार यस्तो निर्णय गरिएको बताए ।


मन्त्रालयले कृषि विकास निर्देशनालयको नेतृत्वमा तीव्र उद्धार समिति समेत गठन गर्दे सलह मारेर ल्याएमा प्रति किलो २५ रुपैयाँ दिने निर्णय गरेको हो । मन्त्रायले आइतबार नै सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहलाई रकम उपलब्ध गराउन निर्देशन दिएको छ ।


यसअघि प्रदेश ५ ले पनि एक किलो सलह समाते २० रुपैयाँ दिने निर्णय गरेको थियो ।