May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

पानीको बहाव बढ्न थलेपछि कोशी ब्यारेजका २२ वटा ढोका खुल्ला

पानीको बहाव बढ्न थलेपछि कोशी ब्यारेजका २२ वटा ढोका खुल्ला


सप्तरी, राजविराज । निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ्न थलेको छ । आइतबार दिउँसो सम्म सप्तकोशी नदीमा पानीको बहाव १ लाख ४६ हजार ९ सय ४० क्वीसेक प्रतिसेकेन्ड रेकर्ड भएको छ । पानीको वहाव बढेसँगै कोशी ब्यारेजका ५६ ढोका मध्ये २२ वटा ढोका खुल्ला गरिएको डिएसपी तिलक भारतीले जानकारी दिए ।
कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारण र आसपासका बासिन्दालाई समेत सचेत गर्नका निम्ति खतराको संकेत स्वरुप पश्चिततर्फ रातो बत्ति बाल्ने गरिन्छ । तर हालसम्म बत्ती भने बालिएको छैन् । अहिलेसम्म सप्तकोशी नदीमा पानीको बहाव बढीरहेपनि कुनै खतरा भने नरहेको भरतीको भनाई छ ।