May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

सलह कीराको प्रकोप रोकथामका लागि दमकल र ड्रोनबाट विषादी छर्किन सल्लाह

सलह कीराको प्रकोप रोकथामका लागि दमकल र ड्रोनबाट विषादी छर्किन सल्लाह

नेपालमा सलह कीराको नियन्त्रणको लागि विज्ञहरुले दमकल र ड्रोनबाट विषादी छर्किन सल्लाह दिएका छन् । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालको अध्यक्षतामा आइतबार मन्त्रालयमा भएको छलफलमा सरोकारवाला निकायका अधिकारी र विज्ञहरुले सलह नियन्त्रण गर्नका लागि तत्काल एक्सनमै जान समेत सल्लाहा दिएका हुन ।

बैठकमा कृषि विभागका पूर्व महानिर्देशक डिल्लीराम शर्माले सलहको रोकथामका लागि तत्काल एक्सनमा जाने निर्णय भएको बताए । सलह नियन्त्रण गर्न संघले प्रदेशलाई विषादी, औजार उपलब्ध गराउने र प्रदेशले स्थानीय निकायलाई जानकारी गराउने निर्णय बैठकले गरेको हो । यी बाहेक थाल ठोक्ने, बाजा बजाउने लगायत उपाय किसानले स्वयं तयारी गर्नुपर्ने तर्क विज्ञको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले तत्काल नियन्त्रण गर्न दमकल, ड्रोन लगायतको प्रयोग गर्ने नीतिगत निर्णयहरु गर्न सुझाव दिएको बताए ।