May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

जलविद्युतको नहर भत्किँदा गएको पहिरोले २ जनाको ज्यान गयो

जलविद्युतको नहर भत्किँदा गएको पहिरोले २ जनाको ज्यान गयो

पहिरोले घर पुरिँदा दार्चुलामा २ जनाको ज्यान गएको छ । नौगाड गाउँपालिका-४ होपरीमा गएराती १२ बजेतिर घरमाथि रहेको जलविद्युतको नहर भत्किँदा पहिरो जाँदा स्थानिय होपरीका २५ वर्षीय चन्द्रसिंह महता र उनका ४ वर्षीय छोरा सुसान्त महताको ज्यान गएको नौगाड प्रहरी कार्यालयले जनाएको छ ।


पहिरोमा पुरिएर चन्द्रकी श्रीमती चनमति महता गम्भीर घाइते भएकी छन् । चनमतीलाई उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिए ।

यस्तै, पहिरोकै कारण अन्य ३ घरमा समेत क्षति पुगेको चन्दले बताए । प्रहरीको टोली घटनास्थल पुगेको छ । पहिरोले पु¥याएको क्षतिको थप विवरण आउन बाँकी छ । फोटोः संकेतिक