May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

पुनर्बिमा कम्पनीको सेयर दोस्रो बजारमा आउने

पुनर्बिमा कम्पनीको सेयर दोस्रो बजारमा आउने

धितोपत्र बजारमा नेपाल पुनर्बिमा कम्पनीको सेयर आउने भएको छ । गत जेठ २८ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको पुनर्बिमाको १० करोड कित्ता सेयर सोमबारदेखि कारोवार हुने भएको हो ।


नेप्सेका अनुुसार कम्पनीको ओपनिङ प्राइस रेन्जतोकिएको र यस्को मुल्य प्रतिकित्ता रु. १४१.४५ देखि रु. ४२४.३५ बाट पहिलो कारोबार सुुरु हुुने भएको छ । चैतको पहिलो साता आईपीओ बिक्री गरेको कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६० करोड १ करोड ६० लाख कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये ७३ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको थियो । बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधरणलाई बिक्री गरेको थियो ।