May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

शेयर बजार खुल्यो, नकारात्मक सर्किट लाग्दा केही समय रेस्ट

शेयर बजार खुल्यो, नकारात्मक सर्किट लाग्दा केही समय रेस्ट

लकडाउनका कारण लामो समयदेखि बन्द रहेको नेपाल स्टक एक्स्चेन्ट (नेप्से ) आजबाट खुलेको छ । खुलेर कारोवार शुरु भएको बजारमा कारोबार २० मिनेटको लागि बन्द भएको छ । ४ प्रतिशतले घटेसँगै नकारात्मक सर्किट लागेको हो । सोमबारबाट खुलेको बजारमा ५ मिनेट वित्न नपाउँदै ७ अंकले नेप्से सूचक घटेको छ । १२०१.५७ अंकबाट कारोबार शुरु भएको बजार ११ बजेट ५ मिनेट बज्दा ११९३.०२ अंकमा पुगेको हो ।


आइतबार धितोपत्र बोर्डले सेयरबजार खोल्न नेप्सेलाई निर्देशन दिए लगतै सोमबार बाट बजार खुलेको हो । लामो समय बन्द भएपछि खुलेको बजारमा धेरै घटबढ नहोस् भन्ने हेतुले नेप्सेले ११ बजे देखि दिउँसो ३ बजेसम्मका लागि कारोबार खुला गरेको हो ।


कारोबार शुरु भएको एक घण्टामा ४ प्रतिशत भन्दा बढिले नेप्से सुचक घटेमा वा बढेमा १५ मिनेटका लागि कोराबार बन्द गरिनेछ भने ६ प्रतिशत भन्दा बढि घटेमा वा बढेमा सर्किट ब्रेक लाग्दै कारोवार पूर्णरुपमा त्यो दिनको लागि बन्द गरिने छ ।