May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

विद्युत् वितरण प्रणालीको सुधारका लागि एडीबीले २४ अर्ब सहुलियतपूर्ण ऋण दिने

विद्युत् वितरण प्रणालीको सुधारका लागि एडीबीले २४ अर्ब सहुलियतपूर्ण ऋण दिने

एशियाली विकास ब्याङ्क (एडीबी) ले नेपालको विद्युत् प्रसारण तथा वितरण प्रणालीको सुधारका लागि २० करोड अमेरिकी डलर (करीब रु. २४ अर्ब) सहुलियतपूर्ण ऋण दिने भएको छ । एडीबीले नेपालको ऋण प्रस्तावलाई स्वीकृत गरेको हो ।


एडीबीले विद्युत् प्रसारण लाइन र वितरण प्रणाली सुधारका लागि ऋण दिन लागेको जनाएको छ । विद्युत् आपूर्ति प्रणाली कमजोर रहेका स्थानका लागि विशेष तरगेट गरेर ऋण दिएको हो । यस अन्र्तगत काठमाडौं उपत्यका, भरतपुर र चितवनको विद्युत् आपूर्ति प्रणालीमा सुधारका लागि यो ऋण उपयोग गरिनेछ । यसका आलावा यो ऋण रकमले प्रदेश–२ का विद्युत् नपुगेका घरपरिवारमा पनि राष्ट्रिय प्रसारण लाइनको माध्यमद्धारा विद्युत् पहुँच पु¥याउने लक्ष्य राखिएको छ ।


एडीबीको यो ऋण सहायतासँगै नर्वे सरकारले पनि प्रदेश –२ को विद्युत् प्रणालीमा सुधारका लागि ३ करोड ५० लाख डलर (करीब रु. ४ अर्ब २० करोड) सहयोग गर्दैछ । त्यस्तै, नर्वेले नै नेपाल विद्युत् प्राधिकरणलाई करीब रु. ६० करोड सहयोग गर्दैछ ।