May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

मुक्तिनाथ विकास बैंकद्वारा देशका विभिन्न क्षेत्रमा सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा देशका विभिन्न क्षेत्रमा सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुका संघ-संस्थाहरुलाई सहयोग गरेको छ ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशका विभिन्न क्षेत्रमा छुट्टाछुट्टै प्रयोजनका लागि आर्थिक सहयोग उपलब्ध गराएको हो ।

बैंकको शाखा कार्यालय जनकपुरले चिकित्सक संघ, जनकपुरलाई स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्री खरिद गर्नका लागि रु ५०,०००/– आर्थिक सहयोग गरेको छ ।  स्वास्थ्यकर्मीहरु कोरोनाभाइरस संक्रमितहरुसंग प्रत्यक्ष सम्पर्कमा रहंदा कोरोनाभाइरस संक्रमणको उच्च जोखिम हुने भएकोले स्वास्थ्य सामग्री खरिद गर्न उक्त रकम हस्तान्तरण गरिएको हो ।

यसैगरी बैंकको बुटवल शाखाले रुपन्देहीको सियारी गाउँपालिका–६ बर्दहवास्थित श्री दुर्गादेवी आधारभूत विद्यालयमा अध्यनरत जेहेन्दार तथा विपन्नवर्गका विद्यार्थीलाई ५० हजार रुपैयाँबराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। 

यसका साथै, शाखा कार्यालय रामापुर कोलोनीले, मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई टोल सफा राख्नका लागि डस्टबीन हस्तान्तरण गरेको छ ।

क्षेत्रीय कार्यालय पोखराले जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण समिति, कास्कीलाई भवन निर्माणका लागि रु २५,०००/– बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले जिल्ला ट्राफिक प्रहरीको आफ्नै भवन निर्माण गर्नका लागि सहयोग गरेको हो । 

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङलगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सूचनाअधिकारी तिलबहादुर गुरुङले बताए।