May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

निजी क्षेत्रमा अख्तियार नछिर्ने प्रधानमन्त्रीको भनाई

निजी क्षेत्रमा अख्तियार नछिर्ने प्रधानमन्त्रीको भनाई


प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको नियमनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नगर्ने बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)को वार्षिक साधारणसभालाई सोमबार भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले अहिले निजी क्षेत्रको नियमनका लागि अख्तियार नगर्ने स्पष्ट पारे ।


सरकारले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गर्न दिनसक्ने गरी आएको विधेयक राष्ट्रियसभामा विचाराधीन छ । संसदीय समितिले त्यहीअनुसार विधेयक अगाडि बढाएपछि निजी क्षेत्रले तीव्र असन्तुष्टि व्यक्त गरेको थियो । निजी क्षेत्रले समेत केही दिन पहिले प्रधानमन्त्रीलाई भेटेर अख्तियार प्रबेशको केशले निजी क्षेत्र त्रसित भएको बताएका थिए ।


चैतर्फि विरोध भएको समय प्रधानमन्त्रीले निजी क्षेत्र प्रवेश नगर्ने बताएका हुन् । ओलीले भने, ‘सरकारले अख्तियारले निजी क्षेत्रलाई समेत हेर्ने गरी आएको विधेयक अगाडि बढाउँदैन ।’ उनले थपे –‘यो विधेयक अहिले अगाडि बढाउनुपर्ने आवश्यकता छैन ।’