May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

नीतिगत व्यवस्थामा सहजिकरण गर्न राष्ट्र बैंकलाई चार्टड एकाउन्टेन्टहरुको सुझाव

नीतिगत व्यवस्थामा सहजिकरण गर्न राष्ट्र बैंकलाई चार्टड एकाउन्टेन्टहरुको सुझाव


नीतिगत व्यवस्थामा सहजिकरण गर्न नेपाल राष्ट्र बैंकलाई चार्टड एकाउन्टेन्टहरुको सुझाव दिएका छन् । एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टड एकाउन्टेन्ट संघ एक्यानले आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई नीतिगत व्यवस्थामा सहजिकरण सुझाब दिएको हो ।
वालुवाटारस्थित राष्ट्र बैंक कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर एक्यानका पदाधिकारीले लेखा तथा व्यवसायसंग सम्बन्धित नीतिहरुमा सहजीकरणका लागि आग्रह गरेका छन् ।
अध्यक्ष आनन्द वाग्लेको नेतृत्वमा गएको संघका पदाधिकारीहरुले वालुवाटारस्थित राष्ट्र बैंक कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड १९ ले सृजना भएको अवस्थामा बैंकिङ क्षेत्रमा हुनुपर्ने नीतिगत व्यवस्थाबारे एक प्रतिबेदन गभर्नर अधिकारीलाई बुझाउदै सुझाब दिएको हो ।
प्रतिवेदनमा राजस्वको अडिट, बैंकहरुको शाखाको अडिट, नेपालबाट विदेशमा पुँजी तथा लाभांश लैजादा चार्टड एकाउन्टेन्टको सर्टिफिकेट ओभर ड्राफ्ट लोन लिँदा सिएको सिफारिस चाहिने व्यवस्था ल्याउन समेत माग गर्दे प्रतिबेदन पेश गरेको छ ।
प्रतिबेदनमा रिभेन्यु अडिट, बैंकहरु को शाखाको अडिट, नेपालबाट विदेशमा पुंजी तथा लाभांश लैजादा चार्टड एकाउन्टेन्टको सर्टिफिकेट ओभरड्राफ्ट लोन लिंदा सिएको सिफारिस चाहिने व्यवस्था, तथा सीएहरुसंगै उनीहरुको फर्मलाई पनि सहुलियतमा कर्जा दिने व्यवस्था मौद्रिक नीति मार्फत नै गर्ने बिषय उल्लेख गरिएका छन् ।

गभर्नर अधिकारिले भने, सबैले आ आफ्ना व्यवसायको हित हुनेगरी आगामी मौद्रिक नीतिका लागि सल्लाह सुझाब दिइरहेका छन् तर सबै क्षेत्रमा सन्तुलन रहनेगरि काम गर्नुपर्ने भएकाले अहिलेको विषम परिस्थितमा चार्टड एकाउन्टेन्टसहरुको भूमिका महत्त्वपूर्ण रहन्छ । त्यस्तै गभर्नर अधिकारिले मौद्रिक नीतिमा लेखा र लेखा परिक्षणलाई मौद्रिक नीतिमा भिन्नै शिर्षक दिनलाई राष्ट्र बैंकका अधिकारीलाई निर्देशन दिएका छन् ।

अध्यक्ष वाग्लेले वित्तीय तथा अर्थतन्त्रको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्नलाई प्रोत्साहन तथा सहयोग गर्ने सरकारी निकाय नभएको गुनासो गर्दै कम्तिमा बैंक वित्तीय संस्थाले छुट्याउने सामाजिक उत्तरदायित्वको बजेटबाट यो काम हुने व्यवस्था मिलाउनलाई राष्ट्र बैंकलाई सुझाब दिएका छन् । उक्त अवसरमा गभर्नर अधिकारीले मौद्रिक नीतिमा लेखा र लेखा परिक्षणलाई भिन्नै शीर्षक दिएर सम्बोधन गरिने आश्वासन दिए ।