May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

साउन ७ सम्म अहिलेकै अवस्थाको लकडाउन लम्ब्याउने मन्त्रीपरिषदको निर्णय

साउन ७ सम्म अहिलेकै अवस्थाको लकडाउन लम्ब्याउने मन्त्रीपरिषदको निर्णय

सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् ।

काठमाण्डौ उपत्यका भित्रन सिफारिस अनिवार्य चाहिने भएको छ । अनिवार्य होम क्वरेन्टीइनमा बस्ने प्रतिवद्धतासहित पालिकाबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने सरकारको निर्णय छ । असार १ गतेदेखि लकडाउन खुकुलो भएको थियो । त्यसैअनुसार अहिले  स्वास्थ्य, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, कृषिसम्बन्धी काम, उत्पादनशील उद्योग, निर्माण उद्योग, सबै प्रकारका ढुवानी र पुस्तक पसललगायतका सेवा खुला भएको छ ।

उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन् । रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।

सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।