May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

क्यानले गर्यो प्रतियोगिता कमिटी सहित विभिन्न चार कमिटी विस्तार

क्यानले गर्यो प्रतियोगिता कमिटी सहित विभिन्न चार कमिटी विस्तार

नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिता कमिटी सहित विभिन्न चार कमिटीको वस्तार गरेको छ । यसअघि बनाईएका विभिन्न कमिटिलाई आज विस्तार गरिएको हो । प्रसान्त बिक्रम मल्लको संयोजकत्वमा रहेको प्रतियोगिता कमिटीमा दाउद अन्सारी, ऋषिराम गौतम, बिक्रम बिष्ट र कैशाल बिष्ट सदस्य छन् । क्यानले यसअघि सबै कमिटिमा संयोजक तोके पनि सदस्यहरु विस्तार गरेको थिएन । यसअघि निलम्बन फुकुवासंगै गत कार्तिक ३ गते बसेको बैठकले विभिन्न समितिको संयोजक चयन गरेको थियो । कोरोना माहामारीका कारण लामो समयदेखि खेलकुद गतिविधि ठप्प भएपछि क्यानले आन्तरिक व्यवस्थापनको कार्यलाई अघि बढाएको हो ।


संजय राज सिंहको संयोजकत्वमा रहेको प्राविधिक कमिटीमा विरेन्द्र बहादुर चन्द, अमित बिर पाण्डे, अरुण कुमार अर्याल र संजय गुरुङलाई रहेका छन् । यस्तै रोशन कुमार सिंहको संयोजकत्वमा रहेको आर्थिक कमिटीमा माधव कर्मचार्य र दुर्गा राज पाठक थपिएका छन् । यस्तै अशोक नाथ प्याकुरेल संयोजक रहेको कमिटिमा भानु भक्त सिग्देल सदस्य छन् ।
राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षणको अनुमति माग्दै क्यानले राष्ट्रिय खेलकुद परिषद राखेपमा औपचारिक पत्र पठाएपनि त्यसको औपचारिक जवाफ पाएको छैन । यद्यपि क्रिकेटरले त्रिवि क्रिकेट मैदानमा व्यक्तिगत प्रशिक्षण गर्दे आएका छन् ।