May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितमा कास्कीका ८, तनहुँका ५, लमजुङका ३ र स्याङ्जाका १ जना रहेका छन् । गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन । नयाँ थपिनेमा कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका १ जना रहेका छन् । थपिनेमा ६ जना महिला छन् ।

कास्कीमा थपिने सबै पोखरा महानगरपालिकाका हुन् । सङ्क्रमितलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ६६ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् । हिजो गण्डकी प्रदेशमा ५३ जना सङ्क्रमित थपिएका थिए । गण्डकी प्रदेशमा २ जना सङ्क्रमितको ज्यान गएको छ ।