May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

भारतद्वारा टिकटकसहित अन्य दर्जनौ चिनियाँ एपहरुमा प्रतिबन्ध

भारतद्वारा टिकटकसहित अन्य दर्जनौ चिनियाँ एपहरुमा प्रतिबन्ध

१६ असार, काठमाडौं ।

भारत सरकारले टिकटकसहित दर्जनौँ चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ । सोमबार एक बिज्ञप्ति सार्वजनिक गर्दै भारतले टिकटकसहित ५९ ओटा एपमा प्रतिबन्ध  लगाउने निर्णय गरेको हो ।

भारतले राष्ट्रिय सुरक्षालाई ध्यानमा दिँदै चिनियाँ एपमाथि प्रतिबन्ध लगाउनुपरेको जनाएको छ ।   बिज्ञप्तिमा भनिएको छ – ‘चिनियाँ एपहरूले प्रयोगकर्ताहरूको तथ्यांक अनधिकृतरूपमा भारतबाहिरका सर्भरहरूमा गोप्यरूपले हस्तानतरण हुँदै आएको पाइएको छ । ती तथ्यांकहरूको संकलन एवं उपयोग भारतको राष्ट्रिय सुरक्षाको प्रतिकूल रहेको र यसले भारतको सार्वभौमिकता र अखण्डताका लागि चिन्ताको विषय भएका कारण यसको समाधानका लागि आपतकालिन उपायहरू आवश्यक रहेको छ ।’

भारत र चीनबीच गलवान क्षेत्रमा भएको सीमा विवादका क्रममा २० जना भारतीय सैनिक मारिए को एक महिना नबित्दै भारत सरकारले यस्तो निर्णय लिएको हो।