May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

चीनमा फेरी भेटियाे अर्काे नयाँ भाइरस, विश्वव्यापी महामारी बन्ने सक्ने चेतावनी

चीनमा फेरी भेटियाे अर्काे नयाँ भाइरस, विश्वव्यापी महामारी बन्ने सक्ने चेतावनी

कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिइरहेका बेला फेरी चीनमा अर्काे नयाँ भाइरस भेटिएको छ। सुँगुरहरुले यो भाइरस लाई बोक्ने र मानिसहरुलाई पनि संक्रमित बनाउन सक्ने  वैज्ञानिकहरुले बताएका छन् । यसले पनि महामारीकाे रुप लिन सक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

यो भाइरस सुंगुरमा हालै मात्र पत्ता लागेको हो । अनुसन्धानकर्ताहरुका अनुसार यो भाइरस एक मान्छेबाट अर्कोमा फैलिन सक्छ । यो भाइरससँग लड्न मानिसहरुको प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले बेलैमा नियन्त्रणको प्रयास नगरे अवस्था भयावह हुन सक्ने उनीहरुकाे भनाइ छ ।

सुँगुरमा देखिएको नयाँ भाइरस सम्बन्धी प्रारम्भीक अध्ययन प्रतिवेदन नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित भएको छ ।