May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

घाँटीमा डोरीले बाँधिएको अवस्थामा सालनाल सँगै नवजात शिशुको शव फेला

घाँटीमा डोरीले बाँधिएको अवस्थामा सालनाल सँगै नवजात शिशुको शव फेला

१६ असार, काठमाडौं ।

डोटीमा घाँटीमा डोरीले बाँधिएको अवस्थामा सालनाल सँगै भएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ । डोटीको दिपायलमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नजिकै सेती नदीको किनारमा  शव फेला परेको हो । 

शिशु जन्मेको कम्तिमा पनि २२ देखि २५ घण्टा मात्र भएको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् ।

सो शिशु कस्ले जन्माएको र किन मारेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।