May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

कोरोनाको स्रोत पत्ता लगाउन डब्ल्यूएचओको टोली चीन जाँदै

कोरोनाको स्रोत पत्ता लगाउन डब्ल्यूएचओको टोली चीन जाँदै

असार १६, एजेन्सी– कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को एक टोली चीन जाने भएको छ । डब्ल्यूएचओले आउँदा साता टोली चीन पठाउने भएको हो ।

डब्लूएचओले चीनलाई आफ्नो विशेषज्ञ टोलीलाई आउने अनुमति दिन पटक पटक आग्रह गरिरहेको थियो ।  टोलीमा को–को रहनेछन् भन्नेबारेमा भने डब्लुएचओले स्पष्ट पारेको छैन।

डब्लुएचओ प्रमुख टेड्रोस एडहानमले एक भर्चुअल पत्रकार सम्मेलनमा भनेका थिए, “जब हामीलाई भाइरसको बारेमा सबै कुरा थाहा हुन्छ, हामीलाई यो सँग अझ राम्रोसँग लड्न सजिलो  हुन्छ । यो भाइरस कहाँबाट आयो भन्ने पत्ता लगाउनु हाम्रो उद्देश्य हुने छ । अर्को हप्ता हामी यसको लागि चीनमा टोली पठाउँदैछौं । हामी आशा गर्छौं कि यसले भाइरसको उत्पती बुझ्न मद्दत गर्नेछ ।” 

वैज्ञानिकरुले भाइरस चीनको वुहान सहरस्थित जनावरको बजारबाट फैलिएको अनुमान गर्दै आएका छन्। 

अहिले चीन पठाउन लागिएको टोलीले कोरोना भाइरसको उत्पत्तिको बारेमा जानकारी हासिल गर्ने डब्ल्यूएचओका प्रमुखको विश्वास छ ।


facebook sharing button
twitter sharing button
sharethis sharing button