May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसले बुझायो ध्यानाकर्षण पत्र

कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसले बुझायो ध्यानाकर्षण पत्र

१६ असार, काठमाडौं ।

नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेसले कोभिड–१९ का सन्दर्भमा सरकारले गरेका काम र आगामी तयारीका विषयमा जानकारी लिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर सो ध्यानाकर्षण पत्र बुझाएको हो।

‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत सहितको टोलीले स्वास्थ्यमन्त्री ढकाललाई भेटेर सो ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्रमा भनिएको छ , ‘लामो समयको बन्दाबन्दीमा पनि सरकारले गर्नुपर्ने आन्तरिक तयारीका कार्यहरु गर्न नसक्नुले थप चिन्ता सिर्जना गरेको छ।’ कांग्रेसले सरकारकै कारण जनजीवन थप कष्टकर हुँदै गएकाे आरोप लगाएको छ ।