May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

टिचिङ अस्पतालमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण

टिचिङ अस्पतालमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण

असार १६ , काठमाडौँ ।

टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना पुष्टि भएको छ । म्याग्दीवाट हालै उपचारका लागि टिचिङ अस्पताल महाराजगंज ल्याइएकाे शिशुमा काेराेना संक्रमण देखिएकाे हाे ।

शिशुको सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्नुअघि उनको स्वाव परीक्षण गरिएको थियो । स्वाव परीक्षाणमा उनकाे रिपाेर्ट पाेजेटिभ आएको अस्पतालका कोभिड १९ व्यवस्थापन संयोजक डा. सन्त कुमार दासले बताए ।

शिशुको सोमवार नै घाँटीको शल्यक्रियापछि आइशोलेशनमा राखिएको दासले बताए ।

हिजाे साेमबार मात्रै ललितपुरको अढाइ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।