May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

काठमाडौंमा १२ जना कोरोना संक्रमितसहित थप ३१६ जनामा कोरोना पुष्टि

१६ असार, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमितसहित थप ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै ललितपुरमा १ पुरुष र भक्तपुरमा १ महिलामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा उपचारपछि घर फर्कनेको संख्या ३ हजार १९४ पुगेको छ।