May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

२४ घण्टामा ६० जना संक्रमण मुक्त, डिस्चार्ज हुनेको संख्या ३१९४

२४ घण्टामा ६० जना संक्रमण मुक्त, डिस्चार्ज हुनेको संख्या ३१९४

१६ असार, काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ६० रहेको छ । डिस्चार्ज हुनेहरुमध्ये ९ जना महिला र ५१ जना पुरुष छन्।

देशभरबाट हालसम्म तीन हजार १सय ९४ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २७७ र २ हजार ९सय १७ जना पुरुष रहेका छन्। 

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ।