May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

मोदी सरकारले गर्यो ८० करोड नागरिकलाई पाँच महिनासम्म निःशुल्क राशन दिने घोषणा

मोदी सरकारले गर्यो ८० करोड नागरिकलाई पाँच महिनासम्म निःशुल्क राशन दिने घोषणा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका ८० करोडभन्दा बढी नागरिकलाई देशका ८० करोडभन्दा बढी नागरिकलाई निःशुल्क राशन दिने घोषणा गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् । 

उनले भने, ‘अहिलेसम्म सरकारले ८० करोड जनतालाई तीन महिनासम्म निःशुल्क राशन दिएको छ र यो सुविधा नोभेम्बर २०२० सम्म लागु हुनेछ । सरकारले यस पाँच महिनाका लागि गरीब परिवारका हरेक सदस्यलाई पाँच किलो गहुँ या पाँच किलो चामल निःशुल्क प्रदान गर्नेछ । यसको लागि सरकारले ९० करोड रुपैयाँ खर्च गर्नेछ’, ।

मोदीले देशका मिहिनेती किसान र इमानदार करदाताका कारण सरकार निशुल्क खाद्य सामग्री वितरण गर्ने स्थितीमा पुगेको बताउँदै मोदीले किसान र करदातालाई धन्यवाद दिएका छन्।

उनले स्वास्थ्यसँग जोडिएको सबै गाइडलाइन पालना गर्न पनि सबैमा आग्रह गरेका छन् ।

नागरिकले कोरोनासँगै भारत–चीन विवादका बारेमा पनि सम्बोधन हुने अनुमान गरे पनि उनले चीनका बारेमा भने केही कुरा गरेनन् ।