May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

इन्धनको मूल्य बढ्योः पेट्रोल ५, डिजेल तथा मट्टितेलको मूल्य २-२ रुपैयाँले बृद्धि

इन्धनको मूल्य बढ्योः पेट्रोल ५, डिजेल तथा मट्टितेलको मूल्य २-२ रुपैयाँले बृद्धि

नेपालमा फेरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । भारतीय आयल निगमले पठाएको नयाँ खरिद मूल्यसूची अनुसार लागत बढेर आएपछि नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको हो ।
लकडाउन खुकुलो भएसँगै पेट्रोलको मूल्य ५ र डिजेल तथा मट्टितेलको मूल्य २÷२ रुपैयाँले वृद्धि भएको छ ।

निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढाएको हो । बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।

अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ८७ रुपैयाँ पर्नेछ । निगमका प्रवक्ता नितिन मणि उपाध्यायका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।