May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

कोरोना संक्रमणबाट सुदूरपश्चिममा थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या ३० पुग्यो

कोरोना संक्रमणबाट सुदूरपश्चिममा थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या ३० पुग्यो

सुदूरपश्चिममा थप एक जनामा मृत्युपछि कोरोना पुष्टि भएको छ । अछामको रामारोशन गाउँपालिका– ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।


असार १३ गते राति एक्कासी श्वासप्रश्वास सम्बन्धी समस्या आएपछि उनलाई बयालपाटा अस्पतालमा पु¥याइएको र उपचारकै क्रममा असार १४ गते आइतबार मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक राज ढुंगानाका अनुसार मृतक मधुमेह रोगबाट ग्रस्त थिए ।


क्वारेन्टिनमा १४ दिन बसेका उनको आरडिटी परीक्षण गरेर घर पठाइएको थियो । उनको स्वाब संकलन गरेर अस्पतालले धनगढी प्रयोगशालामा पठाएकोमा आज रिपोर्ट आएको हो । उनको शव ब्यावस्थापन गरिसकिएको छ ।

यो सँगै सुदूरपश्चिममा कोरोनाबाट ७ जनाले ज्यान गुमाई सकेका छन् । भने नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।