May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

भारतीय कम्पनी बायोटेकले कोरोनाविरुद्ध खोप बनाएको दावी, विश्वका १२० भन्दा बढी प्रयास भने असफल

भारतीय कम्पनी बायोटेकले कोरोनाविरुद्ध खोप बनाएको दावी, विश्वका १२० भन्दा बढी प्रयास भने असफल

कोरोना संक्रमण सम्बन्धी महामारीले आंक्रान्त बनेको विश्वका धेरै राष्ट्रमा यस्को औषधि निमार्णको प्रयास भएको छ । विशेषगरी अमेरिका, बेलायत, चीनलगायतका देशहरुले कोरोना विरुद्धको खोप बनाउने र परीक्षण गर्ने काममा अग्रसरता देखाउँदै आएका छन् ।

कोरोनाविरुद्ध विश्वमा १२० भन्दा बढी खोप निर्माण भइरहेका छन् । यी खोप विभिन्न चरणमा परीक्षण भइरहेपनि आम प्रयोगका लागि प्रमाणित भने भएका छैनन् । प्रयासका बाबजुद छिमेकी मलुक भारतमा पनि कारोना भाइरसविरुद्ध खोपबनाउँने प्रयासहरु भैरहेका छन् ।

हैदराबादस्थित औषधि कम्पनी भारत बायोटेकले कोरोनाविरुद्ध खोप बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीका अनुसार खोप सुरुमा जनावरमा परीक्षण गरिएको र नतिजा निकै राम्रो देखिएको निर्माता कम्पनीले दाबी गरेको छ । अबको केहि हप्तमा मानिसमा समेत परीक्षण गरिने दाबी कम्पनीले गर्दे आएको छ ।

भारतमा आधा दर्जन औषधि कम्पनी कोरोनाविरुद्ध खोप बनाउन जुटेका छन् । तर मानिसमा परीक्षण गर्ने तहसम्म आइपुगेको यो नै पहिलो खोप भएको भारतीय संचारमाध्यमले उल्लेख छ ।

यो खोप मानिसमा परीक्षणका लागि नियामक संस्थाले अनुमति दिइसकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीका प्रमुख डाक्टर कृष्णा इल्लाका अनुसार यो खोपको नाम ‘कोवाक्सिन’ राखिएको छ । जुन खोप इन्डियाज नेसनल इन्डस्ट्रिज अफ भाइरोलोजी र इन्डियन काउन्सिल अफ मेडिकल रिर्चको सहयोगमा तयार पारिएको हो ।-एजेन्सीको सहयोगमा