May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

बाह्र बर्षिय बालिका सहित २५ जनामा कोरोना संक्रमण पुष्टि

बाह्र बर्षिय बालिका सहित २५ जनामा कोरोना संक्रमण पुष्टि

असार १७, काठमाडौं ।
बाह्र बर्षिय बालिका सहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परिक्षणमा ४ जिल्लाका गरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार १०१ वटा नमूना परीक्षण गर्दा ती बालिका सहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।


चितवनका १३, नवलपुरका १० तथा झापा र गोरखाका १–१ गरि २५ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण अस्पतालले सार्वजनिक गरेको हो । सार्वजनिक गरिएकी बालिका कोरोना संक्रमण चितवनकै राप्ती नगरपालिका १ कि हुन् ।


पूर्वी नवलपरासी को गैंडाकोट नगरपालिका २ महिला र ८ पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ । गोर्खा मनकामनाकी ३० वर्षीया महिला र झापाको दमक नगरपालिका वडा नं. ३ की ३५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।