May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

सेयर बजारमा पहिलो पोजेटिभ सर्किट, २० मिनेट कारोबार रोकियो

सेयर बजारमा पहिलो पोजेटिभ सर्किट, २० मिनेट कारोबार रोकियो

सेयर बजार खुलेको तेस्रो दिन बुधबार पनि बजारमा उछाल आएको छ । कोरोबार सुरु भएको १३ मिनेटमै नेप्से परिसूचकमा ४ प्रतिशतको उछालसँगै नेप्सले २० मिनेटका लागि कारोबार रोकेको छ । मंगलबार पनि कारोबार सुरु भएको पहिलो घन्टामै पोजेटिभ सर्किछ लागेको बजार तीन पल्टपछि बन्द भएको थियो ।


कारोबार सुरु भएको १ घन्टाभित्रै ४ प्रतिशतको बढोत्तरी आएपछि नेप्सेले पोजेटिभ सर्किट लगाउँदै कारोबार २० मिनेटका लागि स्थगित गरेको हो । योसँगै नेप्से परिसूचक ५०.१८ अंकले बढ्दै १३१०.९३ को विन्दुमा पुगेको छ ।