May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

जेठ महीनामा भित्रियो एक अर्वको रेमिट्यान्स

जेठ महीनामा भित्रियो एक अर्वको रेमिट्यान्स

जेठमा विदेशबाट आउने रेमिटेन्समा भारी बृद्धि भएको छ । विश्वब्यापी कोरोना संक्रमणका कारणले चैत र वैशाखमा रेमिट्यान्स उल्लेख्य मात्रमा घटेकोमा पछिल्लो महिनामा उल्लेख्य बृद्धि भएको हो ।

राष्ट बैंक र केही रेमिट्यान्स भित्राउने कम्पनीका अनुसार जेठमा मा झण्डै १ अर्व बराबरले रेमिट्यान्स भित्रिएको हो । नेपालमा सामान्य अवस्थामा मासिक औसत ७३ अर्ब रुपैयाँ हाराहारीमा विप्रेषण भित्रिने गरेकोमा लकडानको समय भित्रिएको रेमिटेन्सालाई समेत ठूलै मानिन्छ । चालू आवको चैतमा ३४ अर्ब र वैशाखमा ५४ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो, जुन औसतभन्दा कम हो ।


नेपाल भित्रिने विप्रेषण बढ्नुमा विशेषगरी यो अवधिमा हुण्डीको कारोबारमा कमी आउनु तथा विदेशमा होल्ड भएको पैसा लकडाउन खुला भएपछि एकैचोटि नेपाल आउनु प्रमुख कारण रहेको नेपाल राष्ट बैंकका प्रबक्ता डा गुणकर भट्ट बताउँछन ।