April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

निषेधाज्ञाको आजको दिन, यस्तो छ काठमाडौं उपत्यकाको अवस्था ? (भिडियो सहित)

निषेधाज्ञाको आजको दिन, यस्तो छ काठमाडौं उपत्यकाको अवस्था ? (भिडियो सहित)

काठमाडौं, १२ भदौ ।
काठमाडौं उपत्यकामा जारी भएको निषेधाज्ञा लम्बिदै जाँदा कोरोना संक्रमण झन बढदै गएको छ ।
संक्रमणको जोखिम बढेपछि संक्रमण न्युनिकरणका लागि भन्दै सरकारले एक हप्ताका लागि जारी गरेको निषेधाज्ञा फेरी थपेको छ । यसरी निषेधाज्ञा थप्दै जाँदा काठमाडौंका सडक सुनसान रहेका छन् ।

अत्यावश्यक बाहेकका सवारी साधन नदेखिएका सडकमा एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल बोकेका सवारी सधान भने निर्वाध रुपमा चलेका छन् ।

प्रशासनले विहान ९.१५ बजेसम्म मात्रै पसल खोल्न भनेपनि दैनिक उपभोग्य वस्तु, तरकारी र औषधि पसलहरु भित्री क्षेत्रमा खुला रहेका छन् ।

तिनकुने क्षेत्रबाट लिइएको भिडियो यस्तो