June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

मुक्तिनाथ विकास बैंक लिमिटेड र संगम स्वीट्सबीच व्यावसायिक सम्झौता

मुक्तिनाथ विकास बैंक लिमिटेड र संगम स्वीट्सबीच व्यावसायिक सम्झौता

०४ मंसिर, काठमाण्डौ ।


मुक्तिनाथ विकास बैंक लिमिटेड र संगम स्वीट्सबीच व्यावसायिक सम्झौता भएको छ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई संगम स्वीट्सको काठमाडौंस्थित आउटलेटहरुबाट सेवा लिँदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।
यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले संगम स्वीट्सको काठमाडौं स्थित आउटलेटहरुबाट १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिड १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग र क्यासलेस कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ ।
साथै बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।