June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

देशभरको तापक्रम घट्दै, आज काठमाडौंको तापक्रम यस वर्षकै कम

देशभरको तापक्रम घट्दै, आज काठमाडौंको तापक्रम यस वर्षकै कम

०४ मंसिर, काठमाण्डौ ।


काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम मापन गरिएको छ। आज काठमाण्डौको तापक्रम ५.६ डिग्री मापन गरिएको छ। हिजो बुधबार काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री थियो।


मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । ‘तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः बढ्दै जान्छ’, मौसमविद् अर्यालले भने । दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुुस भएको छ।