June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई पछि पार्दै एलन मस्क बने विश्वकै तेस्रो धनी व्यक्ति

फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई पछि पार्दै एलन मस्क बने विश्वकै तेस्रो धनी व्यक्ति

०४ मंसिर, काठमाण्डौ ।


टेस्ला र स्पेस एक्सका प्रमुख एलन मस्क विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । मस्कको सम्पत्ति बढेर ११० बिलियन डलर पुगेको छ । उनले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई पछि पारेका छन्।
फेसबुकका जुकरबर्ग १०४ अरब डलरका साथ चौथो स्थानमा छन् ।
४९ वर्षीय मस्कको सम्पत्तिमा पछिल्लो समय ठूलो वृद्धि भएको हो ।
यो वर्ष मात्र टेस्लाको सेयर ५ सय प्रतिशतले बढ्दा उनको सम्पत्ति ८७.८ अर्ब डलरले वृद्धि भयो । अहिले टेस्लाको बजार मूल्य ४.६४ खर्ब डलर रहेको छ ।
मस्कको रकेट कम्पनीले हालै चार एस्ट्रोनोट्सलाई अन्तरिक्षमा पठाएको छ। यही उपलब्धिका कारण मस्कको कम्पनीको सेयरमा आएको उछालले उनको सम्पत्ति बढेको जनाइएको छ । उनको सम्पत्ति यो वर्षमात्रै ७० बिलियन डलर बढिसकेको छ। एजेन्सी ।