June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ ले बनायो नयाँ रेकर्डः पहिलो दिनमै झण्डै नौ लाख प्रति बिक्री

बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ ले बनायो नयाँ रेकर्डः पहिलो दिनमै झण्डै नौ लाख प्रति बिक्री

०४ मंसिर, काठमाण्डौ


अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ ले नयाँ रेकर्ड बनाएको छ । यो पुस्तकले बजारमा आएको २४ घन्टा नबित्दै ८ लाख ९० हजार प्रति बिक्री भएर नयाँ रेकर्ड राखेको हो ।
यो पुस्तक अहिले बिक्रीको हिसाबले अमेजन डट कम र बार्नेस एन्ड नोबेल डट कममा पहिलो नम्बरमा छ। यो सँगै ‘अ प्रमिस्ड ल्यान्ड’ सर्वाधिक बिक्री हुने राष्ट्रपतिको संस्मरण बन्न सक्ने अनुमान गरिएको छ।
७६८ पृष्ठ लामो ‘अ प्रमिस्ड ल्यान्ड’ मा ओबामाले आफ्नो पहिलो कार्यकालमा ह्वाइट हाउसको बसाइका कुरा समेटेका छन्।
ओबामाको ७६८ पृष्ठको संंस्मरणको मुल्य ४५ डलर छ।