June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

ग्लोबल आइएमई बैंकको २६३ औँ शाखा तनहुँको दुलेगौडामा

ग्लोबल आइएमई बैंकको २६३ औँ शाखा तनहुँको दुलेगौडामा

०४ मंसिर, काठमाण्डौ ।


ग्लोबल आइएमई बैंक लिमिटेडले बिहिबारदेखि तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।यो सँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६३ पुगेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।