June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

देशभर थप २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिए, २८ सय ५८ जना डिस्चार्ज

देशभर थप २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिए, २८ सय ५८ जना डिस्चार्ज

०४ मंसिर, काठमाण्डौ ।


आज देशभर थप २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा २८ सय ५८ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


आज देशभर २८ हजार १ सय ६ जना सक्रिय संक्रमित छन्।

त्यस्तै संंक्रमणका कारण पछिल्लो २४ घण्टामा १७ जनाको ज्यान गएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेकोसंख्या १ हजार २७६ पुगेको छ।