June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

सेयर बजारमा ऐतिहासिक कारोवार, नेप्से पनि उच्च अंकले बढ्यो

सेयर बजारमा ऐतिहासिक कारोवार, नेप्से पनि उच्च अंकले बढ्यो

काठमाडौं । साताको अन्तिम दिन बिहीवार सेयर बजारमा उच्च कारोवार साथ बजार उल्लेख्य अंकले बढेको छ । बिहीबार प्रि–ओपनिङ सेसनमै करिब साढे ९ अंकले बढेर खुलेको नेप्से ३६.३२ अंक (२.०८ प्रतिशत) ले वृद्धि भएर १७७८.१२ अंकमा रोकिएको छ । आज बजार मात्र बढेको छैन् कोरोवार रकम पनि अहिलेसम्मकै उच्च ६ अर्ब माथि भएको छ । यो दिन ६ अर्ब ११ करोड  ६७ लाख बढीको सेयर किनबेच भयो । जुन यसअघिको सर्वाधिक कारोबारको रेकर्डभन्दा करिब २ अर्बले बढी हो।  कारोबार रकममा मात्र नभई किनबेच भएका सेयरहरुको कित्ताको संख्यामा समेत नयाँ रेकर्ड बनेको छ । नेप्सेका अनुसार २०२० को सेप्टेम्बर १७ मा बजारमा १ करोड ३२ लाख १६ हजार २३४ कित्ता सेयरको एकैदिन किनबेच भएको थियो । बिहीबारको बजारले पुरानो रेकर्ड तोडेर नयाँ बनाएको छ । यो दिन १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता सेयर किनबेच भएको हो । 

नेप्सेमा दसैँयता उत्साहपूर्ण रुपमा देखिएको बजारमा झन रौनकथा थपिएको हो । चापपर्व दसैं तथा तिहारजस्ता पर्व सकिएसँगै लगानीकर्ता फेस्टिभ मुडबाट क्रमशः बाहिरिँदा नेप्सेसँगै कारोबार रकममा भारी वृद्धि भएको हो । आज नेप्सेमा ५६ हजार २३१ वटा कारोबारमा १९८ कम्पनीको एक करोड ४० लाख ५७ हजार ८४१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ४२ लाख ८ हजारको कारोबार भएको छ ।

व्यापार होटेलसँगै निर्जीवन बिमा, जीवन बिमा, अन्य र उत्पादन समूहको सूचक उल्लेख्य बढ्दा नेप्सेमा सकारात्मक प्रभाव परेको हो । बिहीबार बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचकले खासै साथ नदिए पनि नेप्से भने उच्च अंकले बढेको छ । बैंकिङ समूहको सूचक ०.२१ प्रतिशतले मात्रै वृद्धि भएपनि व्यापार समूहको सूचक ९.९४ प्रतिशत, होटेल समूहको सूचक ९.३८ प्रतिशत, निर्जीवन बिमा समूहको सूचक ४.३३ प्रतिशत, उत्पादन समूहको सूचक ५.६४ प्रतिशत, अन्य समूहको सूचक ४.४३ प्रतिशत र जीवन बिमा समूहको सूचक १.५ प्रतिशतले वृद्धि भएको छ ।

आज कारोबारमा आएकामध्ये १५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । युनिलिभर नेपाल, र तारागाउँ रिजेन्सी होटेलको सेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदा अन्य १३ कम्पनीको सेयर मूल्य पनि करिब १० प्रतिशतले नै वृद्धि भएको छ । सकारात्मक सर्किट लाग्नेमा उत्पादन अन्य तथा व्यापार र बिमा समूहका कम्पनीहरु छन् । गुमाउनेमा भने रैराङ हाइड्रोपावर, सामूहिक लगानी कोष र ऋणपत्रका लगानीकर्ता छन् । त्यस्तै, प्रभु बैंक डिबेन्चर–२०८४ र सनराइज फस्ट म्युचुअल फन्डका इकाइमूल्यमा सर्वाधिक २ प्रतिशत बढीको गिरावट आएको छ।