June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

राष्ट्रपति भण्डारी छठ पर्वका कार्यक्रममा उपस्थित नहुने

राष्ट्रपति भण्डारी छठ पर्वका कार्यक्रममा उपस्थित नहुने

०४ मंसिर, काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारी यस वर्ष छठपर्वका अवसरमा हुने कुनैपनि कार्यक्रममा उपस्थित नहुने भएकी छिन्। भण्डारी कोरोनाको कारण अनुपस्थित हुने भएकी हुन् । राष्ट्रपतिको कार्यालयले विज्ञप्ती जारी गर्दै भनेको छ , ‘सम्माननीय राष्ट्रपतिज्यू छठपर्वको अवसरमा गुह्येश्वरी–गौरीघाट र कमलपोखरी, काठमाडौंमा दर्शनार्थ सरिक हुनुहुने परम्परा रहेकामा यसपटक विश्व महामारी कोरोनाको कारण उक्त कार्यक्रमहरुमा सरिक हुन नसक्ने व्यहोरा जानकारीका लागि अनुरोध छ।’