June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

महासंघको आसन्न निर्वाचन स्थगितको माग गर्दै जिल्ला प्रसाशनमा निवेदन

महासंघको आसन्न निर्वाचन स्थगितको माग गर्दै जिल्ला प्रसाशनमा निवेदन

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन स्थगित गर्न माग गर्दै जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा निवेदन परेको छ । उद्योग वाणिज्य महासंघ प्रदेश–२ का अध्यक्ष शिवशंकर साहले बिहीबार कठमाडौं प्रशासनमा निवेदन दिदै महासंघको सधारण सभा स्थगितको माग गरेका हुन् । यही मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुने तय भएको महासंघको ५४औं साधरणसभा स्थगित गर्न माग गर्दे निवेदन परेको हो ।

महासंघको निर्वाचन स्थगित गर्न दिएको निवेदनमा गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सचिवलालयलाई समेत बोधार्थ दिइएको छ । संस्थाको विधान र सर्वमान्य सिद्धान्त विपरीत निर्वाचन गर्न लागिएको भन्दै त्यसलाई रोक्न माग गर्दै निवेदन दिएका हुन् ।