June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

तिहारमा करिब १४ करोडको फूलमाला कारोबार, ४५ लाखको मखमली निर्यात

तिहारमा करिब १४ करोडको फूलमाला कारोबार, ४५ लाखको मखमली निर्यात

मंसिर ४, काठमाडौं ।
फूलको चाड मानिने तिहारमा यस वर्ष १३ करोड ९५ लाख रुपैयाँ बराबरको फूलको माला खरिद बिक्री भएको छ । जसमा ११ करोड ७० लाख रुपैंया बराबरको सयपत्री फूलमालाको कारोबार भएको छ भने, एक करोड २५ लाख मखमली मालाको कारोबार भएको नेपाल फ्लोरी कल्चर एशोसिएसन नेपालले जानाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष मालाको कारोबारमा ३६ प्रतिशतले घटेको हो । तिहारमा ११ करोड ७० लाख रुपैयाँ बराबरको १३ लाख थान सयपत्रीको माला बिक्री भएको छ । सयपत्रीको माला औषत ९० रुपैयाँ प्रतिगोटामा बिक्री भएको थियो । तिहारमा नेपालबाट ४५ लाख रुपैयाँ बराबरको १ लाख ५० हजार थाना मखमलीको माला निर्यात भएको एशोसिएसनले जनाएको छ । यस्तै नेपाल भित्रै १ करोड ८० लाख रुपैयाँ बराबरको ३ लाख गोटा मखमलीको माला यस अवधिमा बिक्रि भएको एशोसिएसनका अध्यक्ष कुमार कसजुले बताए । मखमलीको मालाको प्रतिगोटा औषत मूल्य ६० रुपैयाँमा रहेको थियो ।

आन्तरिक कोरोबार तुलनामा बागमति प्रदेशमा सबैभन्दा बढी फूलमालाको कारोबार भएको छ । भने, कर्णाली प्रदेशमा सबैभन्दा कम फुलमालाको कारोबार भएको छ । बागमति प्रदेशमा ८ करोड १० लाख रुपैयाँ बराबरकोका फूलको मालाको कारकोबार भएको हो । कर्णाली प्रदेशमा ४० लाख ५० हजार रुपैयाँको कारोबार भएको भएको हो । त्यस्तै प्रदेश १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा १ करोडको हाराहारीमा कारोबार भयो । प्रदेश २ मा, करिब ८१ लाख र सुदुरपश्चिम प्रदेशमा ५४ लाखको फुलमाला कारोबार भएको छ ।