June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

प्रचण्डकी नातिनी स्मीताको नयाँ गीत मालिङ्गोको भिडियो सार्वजनिक (भिडियो सहित)

प्रचण्डकी नातिनी स्मीताको नयाँ गीत मालिङ्गोको भिडियो सार्वजनिक (भिडियो सहित)

गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीताले आफैले गायको भिडियो सार्वजनिक भएको हो । उनी महानायक राजेश हमालको जोडीका रुपमा देखिएकी छिन् । स्मीता र लोकप्रिय सर्जक राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
गितमा बलात्कार हुनबाट बचेकी एक छात्राको कथा छ । जुन कथालाई हकरका रुपमा कार्य गर्ने हमालले बचाएका छन् ।
सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा शिवाकोटीको सङ्गीत, उदयराज पौडेलको संयोजन, श्यामश्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भूपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ ।