June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

सुनचाँदीको मूल्य घट्यो, कस्तो छ आजको बजार भाउ ?

सुनचाँदीको मूल्य घट्यो, कस्तो छ आजको बजार भाउ ?

काठमाडौं । शुक्रवार सुन र चाँदीको मूल्य घटेको छ । बिहीवारको तुलनामा छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो । शुक्रवार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन पनि प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । एकदिन अगाडी छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीवारको तुलनामा चाँदी पनि प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।