June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

नेपाल उद्योग वाणिज्य महासंघद्वारा उमेद्वारको नामावली प्रकाशित, १२७ जनाको उमेदवारी, २ केन्द्रीय सदस्य निर्विरोध चयन

नेपाल उद्योग वाणिज्य महासंघद्वारा उमेद्वारको नामावली प्रकाशित, १२७ जनाको उमेदवारी, २ केन्द्रीय सदस्य निर्विरोध चयन

०५ मंसिर, काठमाण्डौँ ।

नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा भाग लिन विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको नामावली प्रकाशित भएको छ । महासंघले बिहीबार राती उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशित गरेको हो । महासंघले प्रकाशित गरेको नामावली अनुसार ६४ पदका लागि १२७ जनाले विभिन्न क्षेत्रबाट मनोनयन दर्ता गराएका छन् । त्यसमध्ये दुईजना केन्द्रीय सदस्य निर्विरोध चयन भएका छन् ।

प्रदेश १ लाई दिइने केन्द्रीय सदस्यको एक कोटामा राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघले पाउने अर्को केन्द्रीय सदस्यको कोटामा सन्दीप अग्रवाल निर्विरोध चयन भएका हुन् ।
दुबै उमेद्वारले आफूहरु बरिष्ठ उपध्यक्ष ढकाल समुहको भएको दाबी गरेका छन् ।


महासंघको आसन्न निर्वाचनमा व्यवसायीहरु २ समूहमा विभाजित छन्। एउटा समूहको नेतृत्व वरिष्ठ उपाध्यक्ष पदका उमेदवार चन्द्रप्रसाद ढकाल र अर्को समूहको नेतृत्व किशोर प्रधानले गरेका छन्। यसैगरी जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी र दिनेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् भने बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ तथा एशोसिएट्स उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योतिले उम्मेदवारी दर्ता गराएका छन् ।


महासंघको आगामी कार्यकालमा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष हुने छन् । महासंघको कार्यकारीणी समितिमा निवर्तमान अध्यक्ष पदेन सदस्यको रुपमा हुन्छन् । त्यस्तै प्रदेश उद्योग वाणिज्य संघको तर्फबाट प्रतिनिधत्व गर्ने सात जना सदस्य निर्वाचित हुन्छन् । प्रदेश अध्यक्ष पनि पदेन सदस्य हुने व्यवस्था छ ।